२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

६५ जना द्वारा रगत दान

६५ जना द्वारा रगत दान

मंसिर २३ ।
बेनिघाटरोराङ गाउपालिकाको चरौदीमा जारी धादिङ कृषि पर्यटन तथा ओद्योगिक मेलामा आयोजित रक्तदान कार्यक्रममा ६५ जनाले रगत दान गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी धुषा उपशाखा र धादिङ उद्योग वाणिज्य स्रघ दक्षिणी समितिले मेला स्थलभित्रै रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा १८ जना महिला र ४७ जना पुरुषले रगत दान गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका सदस्य एवम् समाजसेवी नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

२४ गते त्रिपुरा सुन्दरी माईको जात्रामा पनि रक्तदान कार्यक्रमको आयोजना हुँदैछ ।

यो आर्थिक वर्ष भित्र २ हजार पोका रगत जम्मा गर्ने लक्ष्य रहेकाले सम्पूर्ण महानुभावहरुमा रगत दान, जीवन दान भन्ने महत्वपूण अभियानमा सहयोग गरिदिनु हुन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका सदस्य एवम् समाजसेवी नारायण कुमार श्रेष्ठले अनुरोध गर्नुभएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।