मंसिर २३ ।
बेनिघाटरोराङ गाउपालिकाको चरौदीमा जारी धादिङ कृषि पर्यटन तथा ओद्योगिक मेलामा आयोजित रक्तदान कार्यक्रममा ६५ जनाले रगत दान गरेका छन् ।

नेपाल रेडक्रस सोसाइटी धुषा उपशाखा र धादिङ उद्योग वाणिज्य स्रघ दक्षिणी समितिले मेला स्थलभित्रै रक्तदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा १८ जना महिला र ४७ जना पुरुषले रगत दान गरेको नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका सदस्य एवम् समाजसेवी नारायण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

२४ गते त्रिपुरा सुन्दरी माईको जात्रामा पनि रक्तदान कार्यक्रमको आयोजना हुँदैछ ।

यो आर्थिक वर्ष भित्र २ हजार पोका रगत जम्मा गर्ने लक्ष्य रहेकाले सम्पूर्ण महानुभावहरुमा रगत दान, जीवन दान भन्ने महत्वपूण अभियानमा सहयोग गरिदिनु हुन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा धादिङका सदस्य एवम् समाजसेवी नारायण कुमार श्रेष्ठले अनुरोध  गर्नुभएको छ ।

Facebook Comments