कात्तिक २० –
साउदी अरेबियाका एक राजकुमारको हेलिकप्टर दुर्घटनामा निधन भएको छ । राकुमार मन्सुर बिन मुक्रिन चढेको हेलिकप्टर यमनको सीमा नजिक दुर्घटना हुँदा उहाँको निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । असिर प्रान्तका उप राज्यपाल राजकुमार मन्सुर अरु सरकारी अधिकारीसहित हेलिकप्टर भ्रमणमा हुनुहुन्थ्यो । दुर्घटनाको कारण नखुलेको बिबिसीले जनाएको छ । युवराज मोहम्मद बिन सलमानको नेतृत्वमा रहेको भ्रष्टाचार विरुद्धको नयाँ कमिटिले ११ राजकुमार तथा चार बहालवाल मन्त्रीसहित धेरैलाई पक्राउ गरेको केही दिनमै राजकुमार मन्सुरको हेलिकप्टर दुर्घटना भएको हो ।दुर्घटनामा निधन भएका राजकुमार मन्सुर पूर्व युवराज मुक्रिन बिन अब्दुल अजिजका छोरा हुनुहुन्छ ।

(एजेन्सी)

Facebook Comments