पौष ३ ।

एभरेष्ट प्रिमियर लिग (ईपीएल) क्रिकेटको फाइनल प्रवेशको लागि मंगलबार ललितपुर र काठमाडौँबीच प्रतिस्पर्धा हुँदैछ ।

टीयू क्रिकेट मैदानमा दिउँसो एक बजे सुरु हुने खेलमा दुवै टिम जित हात पार्दै फाइनल प्रवेश गर्ने लक्ष्यमा रहनेछन् ।

जित्ने टिम फाइनल प्रवेश गर्नेछ भने पराजित टिमले इलिमिनेटर राउण्डको विजेतासँग फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्ने छ । इलिमिनेटरमा भने भैरहवा र चितवनबीच प्रतिस्पर्धा हुने छ ।

Facebook Comments