
पौष १२, धादिङ ।
आँखा उपचारको क्षेत्रमा समाजसेवा गर्दै आएको नेपाल नेत्रज्याति संघको धादिङ शाखा गठन भएको छ । धादिङ जिल्ला र आसपासको क्षेत्रका नागरिकलाई आँखा उपचारमा सहयोग गर्न संघको शाखा स्थापना गरिएको हो ।
सामाजिक क्षेत्रमा काम गर्ने युवाहरुको गत भदौमा भएको भेलाले तथर्थ समिति गठन गरेकोमा बुधबार प्रथम साधारणसभा तथा अधिवेसन गरि शाखालाई पूर्णता दिइएको छ । तदर्थ समितका संयोजक डाक्टर रामहरि रेग्मीको अध्यक्षतामा सम्पन्न अधिवेसनले डाक्टर रेग्मीकै अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति निर्वा्चित भएको संघका केन्द्रीय कोषाध्यक्ष एवं निर्वाचन अधिकृत चिजकुमार मास्केले बताउनुभयो ।
अधिवेसन उद्घाटनसत्रमा धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयको प्रमुख आतिथ्य रहेको थियो । अधिवेसन उद्घाटन गर्दै प्रजिअ पाण्डेयले आँखाको समस्याले संसार देख्न नसक्नेलाई संसार देखाउने महान कार्यमा लागेकोमा सबै सदस्यहरुलाई धन्यवाद दिनु भएको थियो । त्यसैगरी कार्यक्रममा संविधानसभा सदस्य एवं पूर्व सांसद गुरुप्रसाद बुर्लाकोटीले पछिल्लो समयमा युवाहरु गलत काममा लाग्ने प्रवृत्तिको विरुद्धमा सामाजिक सेवामा लाग्ने प्रण गर्नु प्रसंसनीय भएको धारणा राख्नु भएको थियो ।
कार्यक्रममा पूर्व सांसद रामनाथ अधिकारी, नेपाल नेत्रज्याति संघ ३ नं प्रदेश सदस्य ऋषीराज पौड्याल, चितवन शाखाका सभापति कृष्णराज धरेल लगायतले शुभकामना दिनुभएको थियो । अधेवेसनको बन्दसत्रमा भएको निर्वाचनमा धादिङ शाखाको उपाध्यक्षमा शंभुराज सिंह ठकुरी, सचिवमा डाक्टर मुरारी अधिकारी, कोषाध्यक्षमा ध्रुव बहादुर थापा, सहसचिवमा मुक्तिकला लामीछाने र सह कोषाध्यक्षमा सुम्निमा श्रेष्ठ निर्वा्चित हुनु भएको छ ।