काठमाण्डौ । आगामी नोभेम्बर २४, २५ र २६ तारिख अर्थात मंसिर ८, ९ र १० गतेका दिन ३ दिने डिजिटल मार्केटिङ वर्कशप हुने भनिए पनि प्रदेशको चुनाबले डिसेम्बर १, ३, ३ तारिकमा हुने भएको छ । प्रदेश चुनाबले गर्दा सहभागीहरु भोट हाल्न घर जानु पर्ने भएकाले इभेन्टलाइ एक हप्ता पछि सारिएको आयोजक संस्थाका निकेश श्रेष्ठले जानकारी दिनुभयो ।
कर्मास्थ ग्रुपले आयोजना गर्न लागेको वर्कशपमा एसइओ (सर्च इन्जिन अप्टिमाइजेसन), डिजिटल मार्केटिङ सहित CMS (कन्टेन्ट म्यानेजमेन्ट सिस्टम) का बारेमा विस्तृत अन्तरक्रिया हुनेछ । विगत लामो समयदेखि SEO र डिजिटल मिडिया मार्केटिङमा काम गर्दै आइरहेका प्रकाश खतिवडा तथा वेब डेब्लोपर प्रतिक बस्यालले ३ दिनको सो इभेन्टमा सहजीकरण गर्नेछन् ।

अन पेज र अफ पेज अप्टिमाइजेसन, लिंक बिल्डिंग, वेबसाइट तथा ब्लग प्रमोसन गर्ने लेटेस्ट गुगल टेक्निक, डिजिटल मार्के्टिंग, सोसल मिडिया अप्टिमाइजेसन साथै वेब कन्टेन्ट म्यानेजमेन्ट सेरोफेरोमा रहेर इभेन्ट हुन लागेको कार्यक्रम आयोजक संस्थाका निकेश श्रेष्ठले जानकारी दिए । आइटी र ननआइटी सबैले उक्त इभेन्टमा भाग लिन सक्ने बताइएको छ । इभेन्टपछि राम्रो पर्फर्मेन्स दिन सक्नेहरुलाई इन्टरनशिपको पनि व्यवस्था गरिएको छ ।