२०८३ कार्तिक १८, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेपाल र युएईबीचको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज आजबाट सुरु

नेपाल र युएईबीचको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज आजबाट सुरु

माघ १७ ।

संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आजबाट तीन खेलको टी–ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज खेल्दैछ ।

दुबईस्थित आईसीसी ग्लोबल क्रिकेट एकेडेमीको मैदानमा नेपाल र युएईबीचको खेल नेपाली समय अनुसार दिउसो पौने ३ बजेबाट सुरु हुनेछ । एक दिवसीय सिरिज जितेको नेपालले पहिलो टी–ट्वान्टीका लागि मैदान उत्रदा अर्को इतिहास रच्ने लक्ष्यसहित मैदान उत्रने छ ।

सोमबार युएईलाई ४ विकेटले हराएर नेपालले ३ खेलको एकदिवसीय क्रिकेट सिरिज २–१ ले जित्दै पहिलो एकदिवसीय अन्तराष्ट्रिय सिरिज हात पारेको थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।