२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई कारबाही गर्ने प्रमुख निर्वाचन आयुक्तको भनाइ

आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई कारबाही गर्ने प्रमुख निर्वाचन आयुक्तको भनाइ

कात्तिक २२, धादिङ ।
प्रमुख निर्वाचन आयुक्त डाक्टर अयोधीप्रसाद यादवले आचारसंहिता उल्लंघन गर्ने जोसुकैलाई कारबाही गर्ने चेतावनी दिनुभएको छ । प्रमुख आयुक्त डा. यादवले आयोगबाट खटिएका अधिकारीले निर्वाचन आचारसंहिताको सूक्ष्म अनुगमन गरिरहेको भन्दै निर्वाचनलाई सफल बनाउन आचारसंहिता पालना गर्नैपर्ने जिकिर गर्नुभयो । आज बालअधिकारको क्षेत्रमा काम गर्ने विभिन्न ८ संस्थाले बालबालिकालाई निर्वाचनमा प्रयोग नगराउन दिएको ज्ञापनपत्र बुझ्दै डाक्टर यादवले कुनैपनि दलले निर्वाचन प्रचार–प्रसारलगायतका क्रियाकलापमा बालबालिका प्रयोग गर्नु आचारसंहिताविपरीत हुने धारणा राख्नुभयो । प्रमुख आयुक्त डा. यादवले चुनावी गतिविधिमा बालबालिकाको दुरुप्रयोग रोक्न गाउँगाउँमा अभियान चलाउन संघ–संस्थाहरुलाई आग्रह गर्नुभयो । बालबालिकाको क्षेत्रमा काम गर्ने विभिन्न संघ–संस्थाले विद्यालयमा मतदान केन्द्र र मतगणनास्थल नराख्न पनि उहाँ आग्रह थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।