
फागुन २८ ।
सरकारले चालू आर्थिक वर्षभित्रै भूमि बैंक स्थापना गर्ने भएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उपयोग हुन नसकेको जमिन सरकारले नै निश्चित प्रतिशत भाडा बापतको रकम दिने गरी भूमि बैंक स्थापना गर्न लागेको हो ।
भू–उपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक संसद्बाट अस्ति मात्रै पारित भएको थियो । चालू वर्षभित्र भूमि बैंक स्थापना गर्ने तयारी भएको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्याले बताउनुभयो ।