२०८३ कार्तिक १७, सोमबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

ओलम्पिक छनोटमा नेपालले आज इन्डोनेशियासँग खेल्दै

ओलम्पिक छनोटमा नेपालले आज इन्डोनेशियासँग खेल्दै

चैत्र २६ ।
ओलम्पिक छनोट अन्तरर्गत नेपाली राष्ट्रिय महिला फुटबल टिमले प्रतियोगिताको अन्तिम खेल मंगलबार इन्डोनेशियासँग खेल्दैछ । ओलम्पिक छनोटको दोस्रो चरणबाट नेपाल बाहिरिसकेको छ ।

समूह ए को अन्तिम खेल मंगलबार दिउँसो पौने तीन बजे सुरु हुनेछ । यसअघि भएका दुबै खेलमा नेपाल र इन्डोनेशियाले हार व्यहोरेका थिए । एक खेल अघिनै प्रतियोगिताबाट बाहिरिसकेका नेपाल र इन्डोनेशिया पहिलो जितको खोजीमा हुनेछन् ।

सन् २०२० मा टोकियोमा हुने ओेलम्पिक एसिया छनोटको पहिलो चरणको खेलमा नेपालले आयोजक म्यानमार, भारत र बंगलादेशसँग समान १–१ को बराबरी खेल्दै दोस्रो चरणमा स्थान बनाएको हो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।