
कात्तिक २४, धादिङ ।
पुर्व गृहमन्त्री जनार्दन शर्मा चढेको गाडीलाई लक्षित गरी बम प्रहार भएको छ । पश्चिम रुकुमको चौरजहारी नगरपालिका ८ गोइरीमा आज विहान साढे ९ बजे शर्मा चढेको गाडीलाई लक्षित गरी बम प्रहार भएको हो । उच्च सतर्कताका कारण बम प्रहारबाट कुनै क्षति नभएको रूकुम प्रहरीले जनाएको छ । रूकुमको चौरजहारीबाट उम्मेदवार शर्मासहित प्रचार टोली विहान सानोभेरी गाउँपालिकातर्फ प्रचारका लागि जाँदै गर्दा बम प्रहार भएको हो । एउटा बम पड्किएपछि अर्को बम नेपाली सेनाको टोलीले डिस्पोज गरेको प्रहरीले जानकारी दिएको छ ।एमाले र माओवादी, पश्चिम रूकुमको पार्टी एकता संयोजन समितिका प्रमुख नेताहरू राजकुमार शर्मा र शेरबहादुर केसीले विज्ञिप्त प्रकाशित गरी राजनीतिक स्थायित्व र समृद्धि बिरोधीहरूले अक्रमण गरेको बताएका छन् ।