असार २४,धादिङ।
मलेसियामा भएकोे एसिसी यू (१९ इष्टर्न रिजन क्रिकेटको विजेता बन्दै एसिया कपमा आफ्नो स्थान पक्का गरेको छ । आज हङकङसँग भएको फाईनल खेलमा नेपालले हङकङलाई ६ विकेटले हराएको थियो । विजेत बनेसँगै आगामि दुई महिनापछि श्रीलंकामा हुने एसिसी यू (१९ एसिया कपमा नेपाली टोलि छनोट भएको छ । एसियाकपमा आयोजक देश श्रीलंका, अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान, संयुक्त अरब इमिरेट्स (यूएई) र कुवेत यसअघि नै छनोट भइसकेका छन् ।

टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४३.१ ओभर खेल्दै जम्मा ९५ रनमा समेटिएको हो । हङकङलाई सस्तो योगफलमा समेट्न १० ओभर बलिङ गरेका सागरले मात्रै १८ रन खर्चिएर पाँच विकेट लिएका हुन् । साथै कमल सिंह ऐरीले ३ तथा कुशल मल्ल र तिलकराज भण्डारीले १–१ विकेट लिए । हङकङका लागि अदित गोरावाराले २४, कलहन मार्क चाल्लुले १४ र रौनक कपुरले १२ रन जोड्नुबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन् । हङकङका चार खेलाडीले खाता खोल्न सकेनन् ।

जबाफि व्याटिङ गर्दै हङकङले दिएको ९६ रनको सामान्य लक्ष्य नेपालले १६.१ ओभरमा ४ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको थियो । जीतमा पवन सर्राफले ३६ बल खेल्दै सर्वाधिक ३९ रन जोडे । यस्तै रित गौतमले १३, खडकबहादुर बोहराले ८ तथा भिम सार्कीले ८ रन जोडे । हङकङका रौनक कपुरले २ तथा मोहम्मद हसन खान र मोहम्मद हसनले १–१ विकेट लिए ।

Facebook Comments