२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

मतदाता शिक्षा कार्यक्रम आजदेखि सुरु हुने

मतदाता शिक्षा कार्यक्रम आजदेखि सुरु हुने

कात्तिक २५, धादिङ ।
मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आजदेखि मतदाता शिक्षा कार्यक्रमसुरु हुने भएको छ । कार्यक्रम १५ दिनमात्र सञ्चालन हुनेछ । मंसिर १० गतेको पहिलो चरणको चुनावका लागि आजदेखि मतदाता शिक्षाका लागि कर्मचारी खटाउने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो । मतदाता शिक्षा कार्यक्रमका लागि १९ हजार कर्मचारी खटिने आयोगले जनाएको छ । आयोगले यस अघिका चुनावमा एक महिना मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको थियो । तर यो पटक चुनावको सबै तयारी भइसकेपछि सर्वोच्च अदालतको आदेश अनुसार प्रत्यक्षतर्फको चुनावका लागि फेरि छुट्टाछुट्टै मत पत्र छाप्नु पर्ने भएकाले मतदाता शिक्षा कार्यक्रम प्रभवित भएको हो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।