२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

एसिया कप क्रिकेट अन्तर्गत आज नेपालले बंगलादेशसँग खेल्दै

एसिया कप क्रिकेट अन्तर्गत आज नेपालले बंगलादेशसँग खेल्दै

कात्तिक २५, धादिङ ।
उन्नाइस वर्षमुनिको एसिया कप क्रिकेट अन्तर्गत आज नेपालले बंगलादेशसँग खेल्दैछ । मलेसियाको क्वालालमपुरको किनरारा एकेडेमीको ओभर मैदानमा हुने खेल वर्षका कारर्ण सुरु हुन सकेको छैन । नेपाल समूह ‘ए’ मा रहेको छ । नेपाल र बंगलादेशबिच अहिलेसम्म औपचारिक प्रतियोगितामा चार पटक मात्रै खेलेका छन् । त्यसमा नेपालले एक खेल मात्रै जितेको छ । तीन खेलमा पराजित भएको छ । नेपालले सन् २००२ को १९ वर्षमुनिको विश्वकपमा बंगलादेशलाई २३ रनले हराएर प्लेच च्याम्पियनसिपको फाइनलमा पुगेको थियो ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।