२०८३ कार्तिक १३, बिहिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सेनेगल विश्कपमा छनोट

सेनेगल विश्कपमा छनोट

कात्तिक २५, धादिङ ।
सेनेगल आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट भएको छ । अफ्रिका क्षेत्रको छनौट अन्तर्गत शुक्रबार राति भएको समूह ‘डी’ अन्तर्गतको खेलमा दक्षिण अफ्रिकालाई २–० ले हराउँदै सेनेगलले विश्वकपमा पुनरागमन गरेको हो । सेनेगल समूह विजेता बन्दै सन् २००२ पछि पहिलोपटक विश्वकपमा फर्किएको हो । सेनेगलको जितमा १२ औं मिनेटमा डिएफ्रा साकहोले गोल गरे । ३८ औं मिनेटमा दक्षिण अफ्रिकाका मखिजीले आत्मघाती गोल गरेपछि पहिलो हाफमा सेनेगलले २–० को अग्रता लियो । दोस्रो हाफमा दुवै तर्फबाट गोल हुन सकेन र सेनेगल विजयी भयो । जितपछि एक खेल बाँकी हुँदै विश्वकपमा स्थान बनाएको सेनेगल समूहको दोस्रो स्थानमा रहेको ब्रुकिना फासो भन्दा पाँच अंकले अघि रहेको छ । सेनेगलको ११ तथा ब्रुकिना फासोको ६ अंक छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।