
१२ असार,धादिङ ।
आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी उपाध्यक्षमा गोकुल घर्ती नियुक्त भएका छन् । लामो समय देखि रिक्त रहेको उपाध्यक्ष पदमा प्रतिष्ठानका सहअध्यक्ष तथा संघीय मामिलामन्त्री हृदयेश त्रिपाठीको संयोजकत्वमा रहेको समितिको सिफारिसमा घर्ती नियुक्त भएका हुन् । प्रतिष्ठानका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले घर्तीलाई नियुक्ति गरेको हो ।
सिफारीस समितिको संयोजकमा संघीय मामिलामन्त्री हृदयेश त्रिपाठी, सदस्य नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बराम र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका कार्यकारी सदस्य ज्ञानेन्द्र पुनमगर रहेका थिए । सिफारिस समितिले घर्तीसहित अन्य दुई जनाको नाम सिफारिस गरेका थिए । उपाध्यक्षको कार्यकाल चार वर्षको रहने व्यवस्था छ । घर्ती आदिवासी जनजाति आन्दोलन र नेपाली राजनितिमा लामो समयदेखि निरन्तर लागिरहेका छन् । तत्कालीन नेकपा एमाले संसदीय दलको सचेतक र पार्टीको आदिवासी जनजाति इञ्चार्ज समेत भएर काम गरेका थिए ।