
२४ असार, धादिङ । नेत्रावती डबजोङ गाउँपालिका वडा नम्बर ४ स्थित दुईघरेमा रहेको तुल बहादुर तामाङको घरमा आज दिउँसो सोलार बक्तिको लाईन सर्ट हुँदा आगलागि भएको छ । आगलागिबाट तामाङको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागीबाट घरभित्र रहेको नगद रु.२ लाख सहित अन्नपात, लत्ताकपडा र अन्य सामाग्रीहरु जलेर नष्ट भएको छ । दिनको समयमा आगलागी भएको हँुदा कुनै पनि मानविय क्षति नभएको स्थानियले बताएको छ । आगलागीबाट १० लाख भन्दा बढिको क्षति भएको अनुमान गरिएको छ । आगलागि भएको खबर पाएपछि उपस्थित भएका स्थानीयबासी, जनप्रतिनिधि तथा मेलमीलाप युवा समाजका युवाहरुले आगो निभाएका थिए । यो समाचार तयार गर्दा सम्म पीडित तामाङ परिवारको राहत तथा सहयोगको लागि मेलमिलाप युवा समाज धादिङले खाद्यान्य तथा बासको व्यवस्था मिलाएको मेलमिलाप युवा समाज धादिङका अध्यक्ष श्याम लामाले जानकारी दिनुभयो । कृषि पेशामा आधारित तामाङको आर्थिक अवस्था सामान्य रहेको र परिवारमा पाँच जना सदस्यहरु रहेको छन् ।

फोटो : श्याम लामा