जिल्ला मालपात कार्यालय धादिङबाट असोज १ गतेबाट सेवा प्रवाह हुदै आएको दैनिक सेवाको कार्यतालिका पुन शंसोधन गरिएको छ । असोज ११ गतेबाट लागू हुने गरि सेवाको कार्यतालिका पुन शंसोधन गरिएको मालपोत कार्यलय धादिङका प्रमुख रामकृष्ण तामाङले जानकारी दिनुभयो ।

यस अघि साउन ३१ गतेदेखि बनाएको कार्यतालिका अनुसार सेवाग्राहीको अनियन्त्रीत रुपमा भिडभाड बढि भएकाले भिडभाड कम गर्नको लागि सेवाको कार्यतालिका पुन शंसोधन गरिएको प्रमुख तामाङले बताउनुभयो । शंसोधन कार्यतालिका अनुसार अब  आईतबार धुनिवेशी नगरपालिका, सोमबार निलकण्ठ नगरपालिकाका सेवाग्राहीका लागि मात्र सेवा प्रवाह गर्ने मालपोत कार्यलय धादिङले जनाएको छ ।

यस्तै मंगलबार त्रिपुरासुन्दरी, बुधबार गल्छी र वेनिघाट रोराङ, विहिबार गजुरी र सिद्धलेक, शुक्रबार ज्वालामुखी र थाँक्रे गाउँपालिकाका नागरिकहरुलाई सेवा प्रभाव हुने गरि कार्यतालिका निर्माण गरिएको छ । यस्तै उत्तरी धादिङको रुविभ्याली, खनियावास, नेत्रावती र गंगाजमुना गाउँपालिकाका नागरिकका लागि भने साताको ६ दिन नै सेवा प्रवाह गरिने जिल्ला मालपात कार्यालय धादिङका प्रमुख तामाङले जानकारी दिनुभयो ।

यसरी तालिका बनाएर काम गर्दा सेवाग्राहीलाई सेवा लिन पनि सजिलो हुने र कोरोनाको जोखिमबाट पनि सुरक्षित रहन सहयोग मिल्ने अपेक्षा गरिएको तामाङले बताउनुभयो । यस्तै कार्यालयले सेवा प्रदान गर्ने सन्दर्भमा सुरक्षाको मापदण्ड पुरा गरि सेवा प्रदान गरिरहेको समेत तामाङले बताउनुभएको छ ।

लकडाउन र निशेधाज्ञाका कारण आंशिक रुपमा काम हुँदै आएको मालपोतको सेवा असोज १ गतेदेखि भने सबै सुचारु भएको थियो । कार्यलयले प्रदान गर्ने सेवा प्रभावकारी बनाउन र कोरोनाको जोखिमबाट कर्मचारी तथा आम नागरिकलाई सुरक्षित राख्न कार्यालयले बार अनुसार लक्षित स्थानिय तहका नागरिकहरुका लागि मात्र सेवा प्रवाहको कार्यतालिका निर्माण गरेको उहाँले बताउनुभयो ।

Facebook Comments