
मंसिर ५, धादिङ ।
मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि धादिङमा आजबाट कर्मचारीहरु खटिने भएका छन् । जिल्लाको १ सय ९ वटा मतदान स्थलको २ सय ७५ वटा मतदान केन्द्रमा कर्मचारी खटिने भएका हुन् ।
मतदान अधिकृत, सहायक मतदान अधिकारी, सहायक कर्मचारी र सहयोगी कर्मचारी गरि १ हजार ९ सय ५० जना कर्मचारी खटाइने जिल्ला निर्वाचन कार्यालय धादिङका निर्वाचन अधिकारी ईश्वर सिंखडाले जानकारी दिनुभयो ।
निर्वाचनका लागि २ सय ७५ जना मतदान अधिकृत, २ सय ७५ जना सहायक मतदान अधिकृत, ११ सय जना सहायक कर्मचारी र ३ सय जना सहयोगी कर्मचारी खटाइने निर्वाचन अधिकारी सिंम्खडाले जानकारी दिनुभयो ।