
धादिङमा आईतबार थप ७ जनामा कोरोना भाईरस सङ्क्रमण पुष्टि भएको छ ।
सङ्क्रमण पुष्टि हुनेमा नीलकण्ठ नगरपालिका, सिद्धलेक गाउपालिका र थाक्रे गाउपालिकाका २/२ जना र धुनीबेशी नगरपालिकाका १ जना रहेको स्वास्थ्य कार्यलय धादिङका जनस्वास्थ्य अधिकृत जेशिका थापाले जानकारी दिनुभयो ।
जसमा नीलकण्ठ नगरपालिका वडा नम्बर ३ का ३७ बर्षका पुरुष, नीलकण्ठ नगरपालिका वडा नम्बर ८ का ६३ बर्षका पुरुष, सिद्धलेक गाउपालिका वडा नम्बर १ का ७० बर्षका पुरुष, सिद्धलेक गाउपालिका वडा नम्बर ६ का ४५ बर्षका महिला, थाक्रे गाउपालिका वडा नम्बर १० का ५२ बर्षका पुरुष, थाक्रे गाउपालिका वडा नम्बर ३ का ४९ बर्षका महिला र धुनीबेशी नगरपालिका वडा नम्बर १ का ३३ बर्षका पुरुष रहेका छन् ।
योसगैँ जिल्लामा कोरोना भाईरस सङ्क्रमीतको सङ्ख्या १ हजार ४ सय ५५ पुगेको छ । त्यस्तै बेनीघाट रोराङ गाउपालिकाका १९ जनाको स्वाब सङ्कलन गरी पिसिआर परिक्षणको लागि आज पठाइएको जनस्वास्थ्य अधिकृत थापाले बताउनुभयो ।