२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

धादिङका ८३ जनामा सोमबार कोरोना भाइरस संक्रमण पुष्टि

धादिङका ८३ जनामा सोमबार कोरोना भाइरस संक्रमण पुष्टि

धादिङका ८३ जनामा सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा जिल्ला भित्रको ५९ जना र जिल्ला बाहिरको २४ जना रहेका स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । सोमबार डिस्चार्ज हुनेको संख्या ४१ रहेको छ ।

योसगैँ जिल्ला भित्र ९ सय ७५ र जिल्ला बाहिर १ सय ९१ गरि धादिङ्गको सक्रिय केश १ हजार १ सय २६ पुगेको छ । संक्रमीतमध्ये जिल्ला भित्र हस्पिटल आइसोलेसनमा २८, संस्थागत आइसोलेनमा २६ र होम आइसोलेसनमा ९ सय २१ जना रहेका छन् ।

जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा १६ र होम आइसोलेसनमा १ सय ३५ जना रहेका छन् । त्यसै गरि आज २ सय ८ जनाको स्वाब संकलन भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।