
धादिङको गल्छी गाउँपालिका वडा नम्बर ४ वेल्खुमा ट्रमा सेन्टर बन्ने भएको छ । शनिबार अर्थमन्त्री विष्णु पौडेलले अध्यादेश मार्फत ल्याईएको आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषणका क्रममा ट्रमा सेन्टर बनाउनको लागि बजेट विनियोजन गरेको जानाकारी दिनुभएको हो ।
शनिबार सरकारले ल्याएको आर्थिक वर्ष २०७८/०७९ बजेट तथा कार्यक्रममा धादिङका अन्य स्थानलाई पनि समेटेकोे छ । यसमध्ये धादिङको रूबिभ्यालीमा पत्थरको विशेष कार्यक्रमको लागि बजेट विनियोजन गर्ने भएको छ ।
भने धादिङको रूबिभ्यालीमा पदमार्ग मा आवश्यक बजेट विनियोजन, धादिङको लामिडाँडामा लिफ्ट खानेपानी तथा वेनीघाट रोराङको मझिमटार देखि शक्तिखोर सुरुङमार्गको सम्भाव्यता अध्ययनको लागि बजेट विनियोजन भएको छ ।
सरकारले आगामी आर्थिक वर्ष २०७८/०७९ का लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ ।