धादिङमा आईतबार ८७ जनाले कोरोना जितेका छन् । भने ८६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुने ८६ जना नै जिल्लामा रहेका छन् । जसमा निलकण्ठ नगरपालिकाका ५२ जना, गल्छी गाउपालिकाका १० जना, त्रिपुरासुन्दरी गाउपालिकाका १४ जना, गंगाजमुना गाउपालिकाका ७ जना, नेत्रवाति डबजोङ गाउपालिकाका ३ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । छन् ।

योसगैँ जिल्ला भित्र १ हजार ३ सय ७ र जिल्ला बाहिर १ सय ३० गरी जिल्लाको सक्रिय संक्रमितको संख्या १ हजार ४ सय ३७ पुगेको छ । संक्रमितमध्ये जिल्ला भित्र हस्पिटल आइसोलेसनमा २२, संस्थागत आइसोलेसनमा २३ र होम आइसोलेसनमा १ हजार २ सय ६२ रहेको छ ।

जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा २५ र होम आइसोलेसनमा १ सय ५ रहेको छ । त्यसैगरी आइतबार निलकण्ठ नगरपालिकामा १ सय ८७ र गजुरी गाउपालिकामा १० गरी १ सय ९७ जनाको स्वाब संकलन भएको छ । १ सय २१ जनामा एनटीजेन परिक्षण गरीएकामध्ये ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

Facebook Comments