२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

युरो कपमा आज पनि ३ खेलहरू हुँदै

युरो कपमा आज पनि ३ खेलहरू हुँदै

१६ औँ संस्करणको युरोकप फुटबलमा आज तीन खेल हुँदैछन् ।

युरोकपको समूह चरण अन्तर्गत आज हुने पहिलो खेलमा स्विडेन र स्लोभाकियाबीचसाँझ ६ः४५ बजे प्रतिस्पर्धा सुरु हुनेछ । पहिलो खेलमा स्लोभाकियाले पोल्याण्डलाई २–१ गोल अन्तरले हराएको थियो ।

दोस्रो खेलमा क्रोएसिया र चेक रिपब्लिक एकअर्काविरुद्ध भिड्ने छन् । दुई टिमबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।पहिलो खेलमा क्रोएसिया इंग्ल्यान्डसँग १–० गोल अन्तरले पराजित भएको थियो । आज हुने तेस्रो खेलमा इंग्ल्यान्ड र स्कटल्याण्ड प्रतिस्पर्धा गर्ने छन् । खेल राति १२ः४५ बजे सुरु हुनेछ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।