धादिङका ७४ जनामा विहिबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा निलकण्ठ नगरपालिकाका ३२ जना, गल्छी, गजुरी गाउपालिकाका २/२ जना, ज्वालामुखी, गंगाजमुना गाउपालिकाका १/१ जना, त्रिपुरासुन्दरी गाउपालिकाका ५ जना, थाक्रे गाउपालिकाका ६ जना, रुबिभ्यालि गाउपालिकाका ३ र धादिङ हस्पिटलमा १० जना गरी ६२ जना जिल्लाभित्र रहेको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ ।

विहिबार जिल्ला बाहिरको पोजिटिभको संख्या १२ रहेको छ । विहिबार एन्टीजेन परिक्षण गरीएका १ सय ८५ जनामध्ये २९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसगैँ जिल्ला भित्र ७ सय ७७ र जिल्ला बाहिर ८१ गरी धादिङको सक्रिय संक्रमितको संख्या ८ सय ५८ पुगेको छ ।

संक्रमितमध्ये जिल्ला भित्र हस्पिटल आइसोलेसनमा १०, संस्थागत आइसोलेसनमा २९ र होम आइसोलेसनमा ७ सय ३८ रहेका छन् । जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा २४ र होम आइसोलेसनमा ५७ रहेका छन् । विहिबार ४४ जना डिस्चार्ज भएका छन् ।

त्यसैगरी निलकण्ठ नगरपालिकाका ५२ बर्षीय पुरुषको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ । योसगैँ जिल्लामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ७३ जना पुगेको छ ।

Facebook Comments