२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

कोरोना अपडेट धादिङ : १४२ जना कोरोना संक्रमणमुक्त, ७९ जनामा कोरोना पुष्टी

धादिङका ७९ जनामा सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा निलकण्ठ नगरपालिकाका ३२ जना, त्रिपुरासुन्दरी गाउपालिकाका ८ जना, थाक्रे गाउपालिकाका ७ जना, ज्वालामुखी गाउपालिका, सिद्धलेक गाउपालिकाका ६/६ जना, गंगाजमुना गाउपालिकाका ४ जना, धुनिबेसि नगरपालिका, रुबिभ्यालि गाउपालिका, नेत्रावति डबजोङ गाउपालिकाका ३/३ जना, गजुरी गाउपालिकाका २ जना र धादिङ्ग अस्पतालमा ५ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

सोमबार एन्टीजेन परिक्षण गरीएका १ सय १९ जनामध्ये ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसगैँ जिल्ला भित्र ५ सय ८४ र जिल्ला बाहिर ६४ गरी जिल्लाको सक्रिय संक्रमितको संख्या ६ सय ४८ पुगेको छ ।

संक्रमितमध्ये जिल्ला भित्र हस्पिटल आइसोलेसनमा १३, संस्थागत आइसोलेसनमा २६ र होम आइसोलेसनमा ५ सय ४५ रहेका छन् । जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा १५ र होम आइसोलेसनमा ४९ रहेका छन् । त्यसैगरी सोमबार १ सय ४२ जना डिस्चार्ज भएको छ ।

त्यस्तै गजुरी गाउँपालिकामा ९ र गंगाजमुना गाउपालिकामा ३२ गरी सोमबार ४१ जनाको स्वाब संकलन गरीएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।