
धादिङका ७९ जनामा सोमबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
संक्रमण पुष्टि हुनेमा निलकण्ठ नगरपालिकाका ३२ जना, त्रिपुरासुन्दरी गाउपालिकाका ८ जना, थाक्रे गाउपालिकाका ७ जना, ज्वालामुखी गाउपालिका, सिद्धलेक गाउपालिकाका ६/६ जना, गंगाजमुना गाउपालिकाका ४ जना, धुनिबेसि नगरपालिका, रुबिभ्यालि गाउपालिका, नेत्रावति डबजोङ गाउपालिकाका ३/३ जना, गजुरी गाउपालिकाका २ जना र धादिङ्ग अस्पतालमा ५ जना रहेको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।
सोमबार एन्टीजेन परिक्षण गरीएका १ सय १९ जनामध्ये ४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसगैँ जिल्ला भित्र ५ सय ८४ र जिल्ला बाहिर ६४ गरी जिल्लाको सक्रिय संक्रमितको संख्या ६ सय ४८ पुगेको छ ।
संक्रमितमध्ये जिल्ला भित्र हस्पिटल आइसोलेसनमा १३, संस्थागत आइसोलेसनमा २६ र होम आइसोलेसनमा ५ सय ४५ रहेका छन् । जिल्ला बाहिर हस्पिटल आइसोलेसनमा १५ र होम आइसोलेसनमा ४९ रहेका छन् । त्यसैगरी सोमबार १ सय ४२ जना डिस्चार्ज भएको छ ।
त्यस्तै गजुरी गाउँपालिकामा ९ र गंगाजमुना गाउपालिकामा ३२ गरी सोमबार ४१ जनाको स्वाब संकलन गरीएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।