२९ असार, धादिङ ।
आईतबार सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गर्दै शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ । सर्वौच्चको परमादेशसँगै राष्ट्रपति कार्यालयले आज अपरान्ह ४ बजे सपथग्रहण कार्यक्रम तय गरेको छ । राष्ट्रपति कार्यालयका अनुसार ४ बजेलाई सपथ खुवाउने तयारी गरिएको हो । देउवाले आजै माओवादी केन्द्र र अन्य गठबन्धन दलबाट समावेश गरी सानो आकारको मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेका छन् । गत जेठ ७ गते मन्त्रीपरिषदको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटन संविधान विपरीत रहेको भन्दै सर्वोच्चले संसद पुर्नस्थपनाको परमादेश जारी गरेको हो । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा.आनन्दमोहन भट्टराई सम्मिलत संवैधानिक इजलासले साउन ३ गतेभित्र प्रतिनिधिसभा बैठक बोलाउन आदेश दिएको छ ।

Facebook Comments