धादिङमा बुधबार थप ६४ जनामा कोरोना भाईरस संक्रमण पुष्टी भएको छ ।

संक्रमण पुष्टी हुुनेमा धुनिबेसीमा ६, गल्छीमा ५, बेनिघाटमा ४, ज्वालामुखीमा ८, त्रिपुरासुन्दरीमा २५, गंगाजमुनामा १, थाक्रेमा ३ र धादिङ्ग हस्पिटलमा १२ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय धादिङले जनाएको छ ।

यो सँगै धादिङमा संक्रिय संक्रमितको संख्या ५ सय ८६ पुगेको छ । जिल्ला भित्र हस्पिटल आइसोलेसनमा ६, संस्थागत आइसोलेसनमा १७ र होम आइसोलेसनमा ५६३ रहेका छन् । बुधबार गजुरीमा १५ स्वाब संकलन भएको छ ।

१ सय ८३ एन्टीजेन परिक्षण मध्ये ६४ पोजिटिभ भएको छ । यस्तै बुधबार १८ जना संक्रमणमुक्त भएका छन् ।

Facebook Comments