तिहारको चौथो दिन आज गाईको पूजा गरी मीठा परिकार खान दिएर मनाइँदैछ ।
गाईले दिने दूध आमाको दूधजत्तिकै पोषिलो हुने विश्वासका कारण गाईलाई गौमाताका रूपमा सम्मान गरिन्छ । गाईबाट दूध, गोबर र गहुँत प्राप्त हुने भएकाले पनि धार्मिक तथा सांस्कृतिक रूपमा यसको विशेष महत्व रहेको छ ।
नेपालका केही ठाउँ र समुदायमा कात्तिक कृष्ण औँसीकै दिन गाईपूजा गर्ने चलन भए पनि शास्त्रीय मान्यताअनुसार औँसीको अन्त्य र प्रतिपदाको शुरुआतमा गाईपूजा गर्ने गरिएको धर्मशास्त्रका जानकार प्रा.डा. रामचन्द्र गौतमले बताउनुभयो ।
गाईलाई सम्मानका साथ राष्ट्रिय जनावरका रूपमा राखिएको छ । आज पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिने पनि गरिन्छ । यसअघि हिजो घरघरमा लक्ष्मीपूजा गरियो ।
त्यसअघि बिहान कुकुर तिहार मनाइएको थियो । काग तिहार अस्ति शनिबार परेको थियो । भोलि गोवर्धन पूजा, गोरुपूजा, बलिपूजा, हलितिहार तथा म्हपूजा मनाइनेछ । साथै भोलिदेखि नेपाल संवत् ११४७ पनि शुरु हुँदैछ ।
यमपञ्चकको अन्तिम दिन अर्थात् पर्सि २५ गते बुधबार यमद्वितीया तथा भाइटीका मनाइन्छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार भाइटीकाका लागि पर्सि बिहान ११ बजेर ७ मिनेटको साइत उत्तम छ ।
तिहारको चौथो दिन आज गाईपूजा गरिँदै
लेखक
लेखकको सबै आर्टिकल
धादिङ अपडेट










