२०८३ कार्तिक २४, सोमबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

भारतीयसँग मिलेर मोरङमा श्रीमतीले लिइन् श्रीमानको ज्यान

भारतीयसँग मिलेर मोरङमा श्रीमतीले लिइन् श्रीमानको ज्यान

एक व्यक्तिको ज्यान लिएको आरोपमा मोरङबाट दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। जहदा गाउँपालिका २ मोहनपुरका ४० वर्षीय बुधराम सोरेनको ज्यान लिएको आरोपमा प्रहरीले एक भारतीय सहित दुई जनालाई नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएकामा ३५ वर्षीय कमली बास्के र भारतीय नागरिक २७ वर्षीय सुनील मिश्र रहका छन्। कमली बुधरामकी श्रीमती रहेकी छन्। आइतबार राती ९ बजे बजे आसपासको समयमा रड प्रहारबाट बुधरामको ज्यान गएको थियो ।

घटना पछि खटिएको प्रहरी टोलीले सुनिल मिश्रलाई रड सहित नियन्त्रणमा लियो। तर कमली भनेर भागेकी थिइन्। तर उनलाई खेतमा भाग्दै गरेको अवस्थामा करिव साढे सात बजे नियन्त्रणमा लिन प्रहरी सफल भयो।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल