२०८३ कार्तिक २४, सोमबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

एनपिएल : पोखराले दियो कर्णालीलाई २१८ रनको लक्ष्य

एनपिएल : पोखराले दियो कर्णालीलाई २१८ रनको लक्ष्य

युवराज सिंह सम्राले आक्रमक शतक अनी कुशल भुर्तेलको अर्धशतक मदतमा पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सोमबार कर्णाली याक्सलाई २१८ रनको ठूलो लक्ष्य दिएको छ ।
कीर्तिपुरस्थित टीयू मैदानमा भइरहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेका पोखराले सम्राको यस सिजनको पहिलो शतक मदतमा निर्धारित २० ओभरमा ३ विकेट गुमाएर २१७ रन बनाएको हो ।

यस सिजन २०० रन स्कोर गर्ने पोखरा पहिलो टिम बनेको छ । यस्तै एनपीएलमा समग्रमा यो दोस्रो ठूलो स्कोर हो । सन् २०२५ को दोस्रो संस्करणमा विराटनगर किंग्सले पोखरा एभेन्जर्स विरुद्ध नै २२० रन बनाएको थियो ।

युवराज सम्राले ४५ बलमा १० चौका र ६ छक्का मदतमा १०० रन पूरा गरेका हुन् । उनले कूल ४८ बल खेल्दै १०२ रन बनाए । यस्तै कुशलले ३९ बल खेल्दै ७ छक्का मदतमा ६२ रन जोडे । क्यानडाका ओपनर समेत रहेका सम्राले एनपीएलमा आफ्नो दोस्रो खेल खेल्दै शतक बनाएका हुन् । यस सिजन एनपीएलमा शतक प्रहार गर्ने युवराज पहिलो खेलाडी हुन् । यस्तै उनी एनपीएलमा शतक प्रहार गर्ने पोखराका तेस्रो र समग्रमा चौथो खेलाडी हुन् । यसअघि पोखराका आन्द्रे गौसले लुम्बिनी लायन्स विरुद्ध पहिलो सिजनमा शतक प्रहार गरेका थिए । यस्तै पोखराका लागि दोस्रो सिजनमा एडम रोसिङगटनले कर्णाली याक्स विरुद्ध नै शतक प्रहार गरेका थिए ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल