पर्सामा पटाका पड्काउने क्रममा जलेर पाँचवर्षीय बालकको मृत्यु भएको छ। पकाहाँ मैनपुर गाउँपालिका–२ मधुबनीका स्थानीय मखु सहनीका पाँच वर्षीय छोराको पटाका पड्काउने क्रममा जलेर मृत्यु भएको हो। सोमबार बिहान करिब ८ः३० बजे पटाका पड्काउने क्रममा बालकको छातीमा आगो लागेको थियो। उनी गम्भीर रूपमा जलेर बेहोस भएका थिए।
तत्काल उपचारका लागि वीरगञ्जस्थित तराई अस्पताल लगिए पनि उपचारकै क्रममा उनको मृत्यु भएको मृतकका बुबा मखु सहनीले बताउनुभएको छ । प्रहरी नायव उपरिक्षक चक्रबहादुर मल्लका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको दिनेश खबरले लेखेको छ।











