धादिङका ५ जनामा विहिबार कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

संक्रमण पुष्टि हुनेमा निलकण्ठ नगरपालिकामा २ जना, गंगाजमुना गाउपालिकामा १ जना, ज्वालामुखी गाउपालिकामा १ जना र सिद्धलेक गाउपालिकामा १ जनामा पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ । विहिबार एन्टीजेन परिक्षण ३८ जनामध्ये ५ जनामा पोजिटिभ देखिएको छ ।

योसगैँ जिल्लाको सक्रिय संक्रमितका संख्या १ सय ५० पुगेको छ । संक्रमितमध्ये हस्पिटल आइसोलेसनमा १० र होम आइसोलेसनमा १ सय ४० रहेका छन् । विहिबार ३६ जना संक्रमण मुक्त भएका छन् । त्यस्तै विहिबार गजुरी गाउपालिकामा १० जनाको स्वाब संकलन गरिएको छ ।

Facebook Comments