२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

भदौ २३ गतेदेखि संसद अधिवेशन, दल विभाजन सम्बन्धि अध्यादेश निष्कृय बनाउने तयारी

भदौ २३ गतेदेखि संसद अधिवेशन, दल विभाजन सम्बन्धि अध्यादेश निष्कृय बनाउने तयारी

भदौ २०, धादिङ । शनिबार बसेको मन्त्रिपरिषद बैठकले दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय र सिफारिस गरेसँगै, राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको राष्ट्रिय सभा र प्रतिनिधि सभाको बैठक आह्वान गर्नुभएको छ । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को भदौ १९ को सिफारिसमा भदौ २३ गते बुधबार अपरान्ह ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँबानेश्वरमा संघीय संसदको दुवै सदनको अधिवेशन आह्वान गरिएको हो । नेपाल सरकारको सिफारिसमा राष्ट्रपतिले बैठक आह्वान गर्ने प्रचलन रहेको छ ।

वर्तमान सरकारले ल्याएको दल विभाजन सम्बन्धि अध्यादेश बमोजिम भदौ २२ गतेसम्म प्रदेश र स्थानीय तहका जनप्रतिनिधिले नयाँ दल रोजेपछि अध्यादेश संसदमा टेवल नगरी निष्क्रिय बनाउने सरकारको तयारी रहेको छ । यो अध्यादेश कायम रहदा संसदमा पेश गर्नुपर्ने र संसदमा सत्ता गठबन्धनको बहुमतले पारित गर्दा भविष्यमा २० प्रतिशत सांसदले आफ्नै दल विभाजन गर्ने खतरा रहेकाले अध्यादेश निष्क्रिय गरेर संसद बोलाउन लागिएको हो । अध्यादेश निष्क्रिय बनाएरमात्र मन्त्रिपरिषद विस्तार गर्ने तयारी सत्ता गठबन्धनको छ । साथै संसदबाट बजेट प्रतिस्थापन बिधेयक ल्याएर पारित नगरे विकास खर्च र प्रसाशनिक तथा कर्मचारी तलब समेत खुवाउन नसकिने भएपछि सरकारलाई संसद बोलाउनै पर्ने बाध्यता अनुसार नै अधिवेशन आह्वान गरिएको हो ।

शेर बहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले यस अघि ल्याएको दल विभाजन सम्बन्धि अध्यादेशले, नेकपा (एमाले) र जसपा टुक्रिएर, माधव कुमार नेपालका नेतृत्वमा नेकपा एकिकृत समाजवादी र महन्त ठाकुरको नेतृत्वमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल गठन भईसकेको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।