भदौ २०, धादिङ । एकिकृत सामुदायिक विकास समाज–नेपाल (आईसीडीसी) – नेपालले आफ्नो संस्था स्थापनाको २४ औं वर्षगाठको अबसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । रक्तदान कार्यक्रममा १३ जना महिला र ३६ जना पुरुष गरि जम्मा ४९ जनाले रक्तदान गरेका थिए । आईसीडीसी–नेपालको आयोजनामा सम्पन्न रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मुरलीभञ्ज्याङ उप-शाखाको सह–आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रक्तसंचार सेवा केन्द्र धादिङको प्राविधिक सहयोग रेहेको थियो ।
आईसीडीसी–नेपालले व्यक्तिगत तथा सामाजिक विकासको माध्यमबाट समाजमा सकारात्मक परिवर्तन ल्याउन, उपलब्ध स्रोत र साधनहरुको उचित व्यवस्थापन र प्रयोगबाट समग्र नेपाली समाजको विकास गर्नुका साथै महिला, बालबालिकाको सवाल, मानव अधिकार, सामाजिक न्याय र आर्थिक समृद्धिका अवसर सिर्जना गर्ने उदेश्यका साथ वि.स. २०५४ साल भदौ २० गते स्थापना भएको यस संस्थाले स्थापनाकालदेखि नै संस्थाको उदेश्य अनुरुपका कार्यहरु गर्दै आईरहेको छ । साथै संस्थाले शिक्षा, स्वास्थ्य, खानेपानी, विपत्तका क्षेत्रहरुमा पनि काम गर्दै आईरहेको छ । फोटोफिचर :आईसीडीसी– नेपालको फेसबुक पेजबाट


