भदौ २२, धादिङ ।
१४ औं महाधिवेशनमा जुटेको नेपाली कांग्रेसको स्थानीय तहको अधिवेशन शुरु भएको छ । सोमबारदेखि सुरु भएको धादिङको १०४ वटा स्थानीय तहहरु मध्ये यो समाचार तयार गर्दा सम्म कांग्रेसले १०२ वटा वडामा अधिवेशन सम्पन्न गरेको छ । १०१ वटा वडामा निर्विरोध र बेनीघाट रोराङ गाउँपालिका वडा नम्बर ८ मा भने निर्वाचनबाट नेतृत्व चयन गरेको छ । नेतृत्व चयन हुन बाँकि रहेको नीलकण्ठ नगरपालिकाको वडा नम्बर ३ र ज्वालामुखी गाउँपालिकाको ४ नम्बर वडामा सहमतिको लागि प्रयास जारि रहेको र सहमति जुट्न नसके लोकतान्त्रिक प्रकृयाबाट नेतृत्व चयन गर्ने नेपाली कांग्रेस धादिङका जिल्ला सदस्य तथा युवा नेता नरेन्द्र भट्टले जानकारी दिनुभयो ।

धादिङमा कांग्रेसको १५ हजार ७ सय ८८ जना क्रियाशिल सदस्यहरु छन् । १०४ वटै वडा अधिवेशन सम्पन्न भएपछि धादिङमा २४ सय ३ जना वडा कार्यसमितिमा निर्वाचित हुुनेछन् । भने १९ सय ७० जना क्षेत्रीय प्रतिनिधिमा निर्वाचित हुनेछन् । यसै गरी धादिङबाट ५० जना संघीय महाधिवेशन प्रतिनीधिहरु छनौट हुनेछन् । प्रदेश अधिवेशनका लागि धादिङबाट ६८ जना प्रदेश अधिवेशन प्रतिनिधि र संघीय महाधिवेशन प्रतिनिधि स्वतः प्रदेश महाधिवेशन प्रतिनिधि हुने भएकाले प्रदेश महाधिवेशन प्रतिनिधिको संख्या १ सय १८ जना हुनेछ । यस १४ औं अधिवेशनबाट ४ वटा प्रदेश कार्यसमिति, २ वटा संघीय क्षेत्र कार्यसमिति र एउटा जिल्ला कार्यसमिति चयन हुनेछ ।
कुल ७७ वटा जिल्ला मध्ये ५६ वटा जिल्लाको क्रियाशिल सदस्यताको नामावली प्रकाशन गरि अधिवेशन सुरु गरिएको हो । बांकि २१ वटा जिल्लामा भने अझै क्रियाशिल सदस्यताको विवाद समाधान नभएका कारण अधिवेशनको टुङगो लागेको छैन ।