२०८३ कार्तिक १८, मंगलबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

साउदी अरबमा अलपत्र धादिङ मुर्चोकका सागर थापा नेपाल फर्कदै

साउदी अरबमा अलपत्र धादिङ मुर्चोकका सागर थापा नेपाल फर्कदै

साउदी अरबमा अलपत्र पर्र्नुभएका धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ मुर्चोकका सागर थापा आज नेपाल फर्कदै हुनुहुन्छ ।

सागर थापासहित ७ जना नेपाली साउदी अरव स्थित नेपाली राजदुताबासमा अलपत्र परेको समाचार रेडियो धादिङबाट प्रसारण भएपछि सामी परियोजनाले थापाको उद्धारको लागि प्रयास गरेको थियो । रेडियो धादिङ, धादिङ अपडेटबाट समाचार प्रसारण/प्रकाशन भएको २२ दिनपछि थापालाई उद्धार गरेर आज नेपाल फर्काइदै गरेको सामी परियोजनाका सुचना तथा परामर्शकर्ता बिनोद ढकालले जानकारी दिनुभयो ।

२४ वर्षिय सागर थापा २०७६ साल कात्तिक १२ गते साउदी अरब पुग्नुभएको थियो । Link international placement service pvt ltd. मार्फत लेवर कामका लागि साउदी अरव पुग्नुभएका थापा भनेको जस्तो काम र दाम नपाएपछि अलपत्र पर्नुभएको थियो ।

नेपाल फर्कने प्रयासमा ६ महिनादेखि दुतावास धाउदा पनि थापा नेपाल फर्कन पाउनुभएको थिएन । सामीका बिनोद ढकालका अनुसार थापाको भिषामा समस्या हुदा नेपाल फर्कन नपाएको र पछि साउदीस्थित नेपाली दुतावासले फर्कनको लागि भिषा दिएपछि नेपाल आउने वातावरण बनेको हो ।

सामी परियोजनाले धादिङ, नुवाकोटसहित देशभर ५४ वटा जिल्लामा काम गरिरहेको छ । परियोजनाले विशेष गरि वैदेशिक रोजगारीमा जाने तयारीमा रहेकाहरुलाई विदेश जानु अघि र विदेश पुगीसकेपछि के के कुरामा ध्यान दिने त्यसबारेमा परामर्श, विदेशमा काम गर्दा समस्या तथा अलपत्रमा परेकाहरुलाई राहत तथा उद्धारमा सहयोग गर्दै आएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।