तस्विर : रुटिन अफ धादिङ बन्द
धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर २ नलाङको ठाँटीमा बोलेरो दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
बुधबार दिउँसो यात्रु बोकेर नलाङ बैरेनीतर्फ आउँदै गरेको बा ५ च ९८३६ नम्बरको बोलेरो डिआइ भ्यान ठाँटीमा ब्रेक फेल भएर दुर्घटना भएको हो ।
घाईते हुनेहरुमा सिद्धलेक–२ का २७ बर्षिय रमेश विक, ७० बर्षिया मैना परियार, २४ बर्षिय शान्ता वि.क, वडा नं ६ की २४ बर्षिया रेनुका सुनार, २४ बर्षिया सारा सुनार, ५ बर्षिय आर्यमन सुनार र ५ महिने बालिका आरुषी सुनार रहेका छन्।
घाईतेहरु सबैको धादिङ अस्पतालमा उपचार भईरहेको छ । चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।