२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

सिद्धलेक गाउँपालिकाको नलाङमा बोलेरो डीआई भ्यान दुर्घटना हुँदा ७ जना घाईते

सिद्धलेक गाउँपालिकाको नलाङमा बोलेरो डीआई भ्यान दुर्घटना हुँदा ७ जना घाईते

तस्विर : रुटिन अफ धादिङ बन्द

धादिङको सिद्धलेक गाउँपालिका वडा नम्बर २ नलाङको ठाँटीमा बोलेरो दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।

बुधबार दिउँसो यात्रु बोकेर नलाङ बैरेनीतर्फ आउँदै गरेको बा ५ च ९८३६ नम्बरको बोलेरो डिआइ भ्यान ठाँटीमा ब्रेक फेल भएर दुर्घटना भएको हो ।

घाईते हुनेहरुमा सिद्धलेक–२ का २७ बर्षिय रमेश विक, ७० बर्षिया मैना परियार, २४ बर्षिय शान्ता वि.क, वडा नं ६ की २४ बर्षिया रेनुका सुनार, २४ बर्षिया सारा सुनार, ५ बर्षिय आर्यमन सुनार र ५ महिने बालिका आरुषी सुनार रहेका छन्।

घाईतेहरु सबैको धादिङ अस्पतालमा उपचार भईरहेको छ । चालकलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।