२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

जातीय विभेद गरि हत्या भएको घटना प्रति नेपाल दलित मुक्ति मोर्चा बागमती प्रदेशद्वारा ध्यानाकर्षण

जातीय विभेद गरि हत्या भएको घटना प्रति नेपाल दलित मुक्ति मोर्चा बागमती प्रदेशद्वारा ध्यानाकर्षण

चितवनमा भएको जातीय विभेद र हत्या भएको घटना प्रति नेपाल दलित मुक्ति मोर्चा बागमती प्रदेशले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बुधबार एक विज्ञप्ती जारी गर्दै घटना प्रति गम्भीर ध्यानकर्षण भएको जनाएको हो ।

आजको समयमा पनि जातीय छुवाछुत तथा सामाजिक भेदभावको कारण भिम बहादुर विश्वकर्माको हत्या हुनु देशव्यापी दलित समुदायमाथि श्रृङ्खलाबद्ध रुपमा भैरहेको दमन तथा हत्याको निरन्तरताको रुपमा लिएको छ, संयोजक दिपक विश्वकर्माद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

यस जघन्य अपराधको कडा शब्दमा निन्दा र भत्सर्ना गर्दै घटनाको घटनाको पूर्णरुपमा छानबिन गर्दै अपराधीलाई हदैसम्मको कारबाहीका साथै पीडित परिवारलाई क्षतिपूर्ति सहित न्याय दिलाउन नेपाल सरकारसँग जोडदारमाग गर्दछ विज्ञप्तीमा उल्लेख छ । यस्तै नेपालको सांस्कृतिक रुपान्तरणको अभियानमा मृतक भिमबहादुर विश्वकर्माको बलिदानको उच्च मुल्याङ्कन गर्दै सांस्कृतिक सहिद घोषणको समेत माग गरिएको छ ।

गत असोज २८ गते चितवनको भरतपुर महानगरपालिका वडा नम्बर ४ लङ्कु स्थित दुर्गा मन्दिरमा दलितहरुले पनि पुजा गर्न पाउनुपर्छ भन्ने विषयमा विवाद हुँदा सोही स्थानका ५८ वर्षिय भिम बहादुर विश्वकर्माको स्थानिय गैर दलित व्यक्तीहरुको कुटपिटबाट मृत्यु भएको आरोप छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।