२७ मंसीर, धादिङ ।

नेपाली कांगे्रेसको १४ औं महाधिवेशन अन्र्तगत आज सुरु भएको मतदानको समाचार संलकन गर्न रोक्दै पत्रकारहरुमाथि नेपाल प्रहरी र निर्वाचन समीतिका सदस्यहरुबाट दुव्र्यवहार समेत गरेको छ । यस कार्यप्रति नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । तोकिएको भन्दा झण्डै तीन घण्टा ढिला गरी सुरु भएको मतदानको फोटो खिच्न गएका पत्रकाहरुलाई प्रहरी र निर्वाचन समिति सदस्यहरुले भित्र जान नदिएर दुव्र्ययवहार गरेको घटनाप्रति महासंघले आपत्ति जनाएको हो । निर्वाध र सहज तरिकाले समाचार संलकनका लागि व्यवस्था गरिदिनुपर्नेमा उल्टै अवरोध गरेर नेपाली कांग्रेसले प्रेस स्वतन्त्रतामाथि ज्यादती गरेको महासंघले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।