२०८३ कार्तिक १५, शनिबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

कर्मचारीमा कोरोना संक्रमण भएको भन्दै, जिल्ला प्रशासन कार्यालय धादिङले अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने

कर्मचारीमा कोरोना संक्रमण भएको भन्दै, जिल्ला प्रशासन कार्यालय धादिङले अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने

८ माघ, २०७८
धादिङ – जिल्ला प्रशासन कार्यालय धादिङले आज एक सुचना जारी गर्दै शान्तिसुरक्षा र अत्यावश्यक बाहेक सबै सेवा बन्द गर्ने जनाएको छ । माघ ९ गते आईतबारदेखि अर्को सुचना जारी नभएसम्म जिल्ला प्रशासन कार्यालयबाट सम्पादन गरिने सेवा बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय धादिङमा कार्यरत केहि कर्मचारीहरु बिरामी भएको र कोभिड – १९ संक्रमणसंग मिल्दोजुल्दो लक्षण देखिएको साथै कार्यालयमा सेवाग्राहीहरुको अत्याधिक भिडभाड रहेको हुँदा कार्यालयबाटै कोभिड – १९ संक्रमण फैलिन सक्ने जोखिमका कारण सेवा बन्द गरिएको जनाएको छ । साथै अत्यावश्यक सेवाको लिन आउने सेवाग्राहीले अनिवार्य खोप कार्ड साथमा लिएर आउनुपर्ने र स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्नुपर्ने उल्लेख गरिएको छ ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।