२०८३ कार्तिक १६, आईतबार | --:--:--
ब्रेकिङ खबर
Dhading update

नेपालको जनसंख्या वृद्धि दर ०.९३ प्रतिशत, सबैभन्दा धेरै जनसंख्या मधेश प्रदेशमा

नेपालको जनसंख्या वृद्धि दर ०.९३ प्रतिशत, सबैभन्दा धेरै जनसंख्या मधेश प्रदेशमा

१२ माघ, २०७८
केन्द्रीय तथ्याङ्क विभागले आज सार्वजनिक गरेकोे जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार नेपालको कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० रहेको छ । २०६८ सालमा गरिएको जनगणनामा नेपालको जनसंख्या वृद्धि ०.९३ प्रतिशतले भएको जनाएको छ । यस अनुसार हाल जम्मा पुरूषको संख्या १ करोड ४२ लाख ९१ हजार ३११ र महिलाको संख्या १ करोड ४९ लाख १ हजार १६९ रहेको विभागले जनाएको छ ।

जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार लुम्बिनी प्रदेशमा सबैभन्दा धेरै र गण्डकी प्रदेशमा सबैभन्दा कम जनसंख्या थप भएको छ । दश वर्षको अवधिमा लुम्बीनि प्रदेशमा सबैभन्दा धेरै १३.८९ प्रतिशत र सबैभन्दा कम गण्डकी प्रदेशमा ३.१६ प्रतिशतले जनसंख्या थप भएको छ । यस नतिजा अनुसार प्रदेशगत रुपमा जनसंख्याको विवरण हेर्दा मधेश प्रदेशमा सबैभन्दा धेरै २०.९९ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा ५.८१ प्रतिशत रहेको छ । दोस्रो बढि जनसंख्या बागमती प्रदेशमा २०.८४ रहेको छ । साथै तेस्रो लुम्बिनी, चौथो प्रदेश १, पाँचौ सुदुर पश्चिम र छैटौमा गण्डकी प्रदेश रहेका छन् ।

यो समाचार सेयर गर्नुहोस्
धादिङ अपडेट लेखकको सबै आर्टिकल

प्रतिक्रिया दिनुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित गरिने छैन। * चिन्ह भएका फिल्ड अनिवार्य छन्।