३ चैत्र, धादिङ ।

शुक्रबार नेकपा एमालेका प्रभावशाली नेता एवं महासचिव शंकर पोख्रेल धादिङ आउने कार्यक्रम रहेको छ । नेकपा एमाले जिल्ला कमिटी धादिङको आयोजनामा शुक्रबार सदरमुकाम धादिङबेसीस्थित मदन आश्रित – स्मृति भवनमा हुने जिल्लास्तरीय अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रमलाइ सम्बोधन गर्न नेकपा एमालेका महासचिव शंकर पोख्रेल धादिङ आउन लागेको हो । आगामी बैशाख ३० गते हुने स्थानीय तहको चुनाव केन्द्रित पार्टी केन्द्रिय कमिटीको कार्यक्रम अनुसार नेकपा एमाले जिल्ला कमिटी धादिङले योे कार्यक्रम आयोजना गरेको नेकपा एमाले धादिङका सचिवालय सदस्य एवंम कार्यालय सचिव भरत ढुङ्गानाले जानकारी दिनुभयो ।

कार्यक्रममा नेकपा एमाले केन्द्रिय लेखा आयोगका अध्यक्ष एवं राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा.पुष्पराज कंडेल, पार्टीका केन्द्रिय सदस्य एवं धादिङ जिल्ला इन्चार्ज खेम प्रसाद लोहनी, सह–इन्चार्ज जानुका सिंखडा, प्रदेश सांसद डा.रामकुमार अधिकारी लगाएतका नेताहरुको सम्बोधन रहनेछ ।

कार्यक्रममा सहभागिताको लागी पार्टीको प्रदेश कमिटी, जिल्ला कमिटी, जनसंगठनका सबै प्रमुख तथा उप–प्रमुखहरु, नगर कमिटी, गाउँ कमिटी र वडा कमीटीका पदाधिकारीहरु, जिल्लाका सबै स्थानीय तहका जनप्रतिनिधिहरुका सहित आम अगुवा कार्यकर्ताहरुलाइ अभिमुखीकरण कार्यक्रममा उपस्थितिको लागि आह्वान गरेको छ । कार्यक्रम बिहान ११ बजेबाट सुरु हुने पनि कार्यालय सचिव ढुङ्गानाले जानकारी दिनुभयो । नेकपा एमाले धादिङले जिल्लभर आसन्न स्थानीय चुनाव केन्द्रित कार्यक्रमहरु स्थानीय स्तरसम्म संचालन गरिरहेको छ ।

Facebook Comments