२६ चैत्र, २०७८
धादिङ – धादिङमा  क्रियाशिल सरकारमा रहेका चार दलिय गठबन्ध दलहरुले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा धादिङको सवै स्थानीय तहहरुमा गठबन्धन बनाएर जाने निर्णय गरेका छन् । शुक्रबार गल्छी गाउपालिकाको बैरेनीमा सम्पन्न सत्ता गठबन्धन नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका जिल्ला, प्रदेश तथा केन्द्रिय तहका नेताहरूको संयुक्त बैठकले आसन्न स्थानीय तहको चुनावमा जिल्लाका १३ वटै पालिका, १०४ वटै वडा र जिल्ला समन्वय समिति सम्म मिलेर जाने निर्णय गरेका हुन् ।

शुक्रबारको बैठकमा कुन दलले कुन कुन पालिका र वडा पाउने कसरी भागबण्डा मिलाउने भन्नेबारे आगामी २८ गते बस्ने अर्कौ बैठकबाट निर्णय गरिने बैठकमा सहभागी नेताहरुले जनाएको छ । बैठकले यस विषयमा थप छलफल र स्थानीय पालिका तथा वडाहरुको वर्तमान अवस्थाको विषयमा अध्यायन गरि नयाँ रणनीति तयार गर्नको लागि गठबन्धन दलका दुई / दुई जना रहने गरि कार्यदल गठन गर्ने निर्णय गरेको छ । गठबन्धन दलको सदरमुकाम धादिङबोसीमा सचिवालय स्थापना गरि आगामी बैठक तथा काम अघि बढाउने निर्णय गरेको छ ।

बैठकमा चार दलिय गठबन्धन दलहरुको बीचमा हिलो छ्यापाछ्याप नगर्न र गठबन्धन दलका नेता तथा कार्यकर्ताहरुलाइ आफ्नो गठबन्धद दलकै पार्टीमा प्रवेश गराउन नपाईने समेत निर्णय गरेको छ । गठबन्धन दलले जिल्लाको १३ वटै पालिकामा एक चुनावी संयन्त्र बनाउने र त्यस संयन्त्रको नेतृत्व नेपाली काँग्रेसका पालिका सभापतिले  गर्ने जनाएको छ ।

वैरेनीमा सम्पन्न गठबन्धन दलको पहिलो बैठकमा नेपाली काँग्रेस धादिङका सभापति रामनाथ अधिकारको अध्यक्षता रहेको थियो । बैठकमा काँग्रेसको तर्फबाट दिलमान पाखिन, भिम प्रसाद ढुंगाना, विश्व अर्याल माओवादी केन्द्रको तर्फबाट शालिकराम जम्कट्टेल, दल बहादुर बुर्लाकोटी, मनराज भण्डारी, दिपक लामिछाने र शम्भु कुमार श्रेष्ठ, एकीकृत समाजवादीको तर्फबाट राजेन्द्र प्रसाद पाण्डे, गंगालाल तुलाधर ,गुरु बुर्लाकोटी, ईन्दिरा ढुंगाना र सुवास खतिवडा त्यसैगरी जनता समाजवादीको तर्फबाट राजु नेपाल, बिर बहकादुर तामाङ , राम बहादुर ढकाल, अर्जुन सापकोटा र अनिल अधिकारी लगायत अन्य नेताहरुको उपस्थिति रहेको थियो ।   (निर्णय सहित)  

Facebook Comments