गोल्डेन आई कम्प्यूटर एण्ड भाषा पाठशालाबाट जापान जाने विद्यार्थीहरु ।
उच्च शिक्षा अध्ययनका लागि जापान जाने विद्यार्थीहरुलाई गोल्डेन आइ कम्प्यूटर एण्ड भाषा पाठशालाले विदाई कार्यक्रम गरेको छ । उच्च शिक्षाका लागि जापान जान लागेका १२ जना विद्यार्थीलाई उज्वल भविष्यको कामना गर्दै कार्यक्रमको आयोजना गरिएको हो ।
भाषा पाठशालाबाट १२ जना विद्यार्थीले आवेदन दिएका थिए । आवेदन दिएका शत प्रतिशत विद्यार्थीहरुले भिषा प्राप्त गरेको पाठशालाका प्रबन्ध निर्देशक अनिश श्रेष्ठले बताउनुभयो । कोरोनाका कारण दुइ वर्षदेखि रोकिएको जापान सिमा प्रतिबन्ध हाल खुल्ला गरिएको हो ।
उहाँले भन्नुभयो– ‘हामीले शत प्रतिशत नतिजा निकाल्न सफल भयौं । धादिङबासीका लागि यो खुषीको कुरा हो । काठमाडौं लगायत अन्यत्र गएर पढ्न र आवेदन दिन पर्दा झन्झट तथा समस्या थियो । तर अहिले धादिङमै भाषा पाठशालाले सेवा दिदा सबैलाई सहज र कम खर्चिलो भएको छ ।’, उहाँले भन्नुभयो ।
अध्ययन तथा रोजकारका लागि जापान पठाउने, विभिन्न तहका ट्यूसन पढाइने तथा कम्प्यूटर कक्षा सञ्चालन गरिदै आएको उहाँले बताउनुभयो । विद्यार्थीहरुको सहजताका लागि शान्तबजारसँगै विच बजारमा पनि शाखा कार्यालय रहेको छ । एउटै छानामूनी सबै खालका सुविधा रहेकोले गोल्डेन आइ कम्प्यूटर एण्ड भाषा पाठशाला सबैको रोजाई बनेको उहाँको भनाई छ ।












