३० चैत्र,२०७८
धादिङ – तमू गरुङहरुको साझा संस्था तमू ह्युल छोंज धी (गुरूङ राष्ट्रिय परिषद) को केन्द्रिय अध्यक्षमा कर्ण बहादुर गुरुङ निर्वाचित भएको छ । चितवनको भरतपुरमा चैत २८ र २९ गते सम्पन्न चौथो राष्ट्रिय महाधिवेशनले कर्णबहादुर गुरुङको नेतृत्वमा ७८ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । वरिष्ठ उपाध्यक्षमा काठमाण्डाँैका आरवि गुरुङ, उपाध्यक्षहरुमा स्याङजाका यमबहादुर गुरुङ, ओखलढुङ्गाका टेकबहादुर गुरुङ, गोर्खाका नरबहादुर गुरुङ, तनहुँका धनमान गुरुङ, लमजुङका मेनबहादुर घले, खोटाङका लक्ष्मण गुरुङ, महिला उपाध्यक्षमा गोरखाका भगवती गुरुङ चयन भएका छन् । महासचिवमा सुनसरीका डम्बरबहादुर गुरुङ, उप–महासचिवमा कास्कीका मनोज गुरुङ, गोरखाका राजु गुरुङ र दिल गुरुङ, सचिवहरुमा चितवनका सन्तलाल गुरुङ, धादिङका गोपाल गुरुङ, प्युठानका जिएस गुरुङ, महिला सचिवमा काठमाण्डौका देवकुमारी गुरुङ, कोषाध्यक्षमा स्याङजाका सिरीप्रसाद गुरुङ र सह–कोषाध्यक्षमा ललितपुरका गंगाबहादुर गुरुङ चयन भएको छ ।


यस्तै प्रदेश प्रमुखहरुमा प्रदेश नम्बर १ मा केशरमान गुरुङ ,मधेश प्रदेशमा एकबहादुर गुरुङ , बागमती प्रदेशमा गणेशबहादुर गुरुङ, गण्डकी प्रदेशमा दलबहादुर गुरुङ , लुम्बिनी प्रदेशमा झपटबहादुर गुरुङ, कर्णाली प्रदेशमा नन्दबहादुर गुरुङ, सुदुरपश्चिम प्रदेशमा मनबहादुर गुरुङ, चयन भएको छ । यसै गरि काठमाण्डौ उपत्यका प्रमुखमा लोकबहादुर गुरुङ चयन हुनुभएको छ । साथै महाधिवेशनले तमू बौद्ध सेवा समितिको विशेष संगठनबाट सदस्यमा टिकाराम तमू, अनुशासन समिति संयोजकमा केवलमान गुरुङ र लेखा समिति संयोजकमा खेमजङ गुरुङलाइ चयन गरिएको छ । महाधिवेशनले १८ बुँदे चितवन घोषणा पत्र समेत जारी गरेको छ ।