धादिङ – सोमबार धादिङको निलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेल कुटिएका छन् ।
सोमबार साँझ कुरिन्टारस्थित एक होटलमा निलकण्ठ नगरपालिका र गोरखा नगरपालिकाले संयुक्त रुपमा आयोजना गरेको अन्तरनगरपालिका कार्यापालिकाको बैठक स्थलमा प्रमुखमाथि निलकण्ठ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष गौतमहरि अधिकारीले पौडेलमाथि कुटपीट गरेको हो ।
नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित अधिकारी नीलकण्ठ नगरकार्यपालिका सदस्य तथा प्रवक्ता समेत हुन् । मदिरा सेवन गरेर वडाध्यक्ष अधिकारीले पौडेलमाथि हातपात गरेको एक प्रत्यक्षदर्शिले जनाएको छ । अध्यक्षको कुटपीटबाट पौडेलको निधारमा चोट लागेको छ ।
प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद पौडेलमाथिको आक्रमणको विरोधमा मंगलबार निलकण्ठ नगरपालिका कार्यालयमा कार्यरत कर्मचारीले एक विज्ञप्ती जारी गर्दै पेशागत सुरक्षाको माग सहित दोषीलाइ कानुनी कागरवाहीको माग गरेको छ । साथै आज विरोध स्वरुप कर्मचारीहरुले पेन डाउन गरेका थिए ।
यता वडाध्यक्ष अधिकारी भने आफूले हातपात नगरेको र आफूमाथी सुनियोजित रुपमा झुटो आरोप लागाएको बताएको छ ।












