२८ मंसिर,धादिङ ।
ट्रकको क्याबिनभित्र राखेर वीरगञ्जतर्फ लैजाँदै गरेको अवस्थामा ३८ किलो गाँजासहित प्रहरीले गाडी चालकलाई पक्राउ गरेको छ ।
धादिङको गजुरी गाउँपालिका वडा न। १ गजुरीबजारमा बिहीबार चेकजाँचको क्रममा काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको ना २ ख ७३११ नम्बरको ट्रकमा लागुऔषध चरेशसहित गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरीक्षक सञ्जय तिमल्सिनाले जानकारी दिनुभयो ।
२२ ओटा पोको पारेर राखिएको गाँजासहित प्रहरीले पर्सा कल्याणपुर गाउँपालिका वडा न. ४ का २७ वर्षीय गाडी चालक हृदयनन्दप्रसाद महतोलाई पक्राउ गरेको होे । गाँजा बोक्ने गाडी र आरोपी यादबलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।