
भोली धादिङमा विद्युत सेवा अवरुद्ध हुने भएको छ ।
देविघाट धादिङ ३३ केभी प्रसारण लाईन नुवाकोटको रातमाटेमा मर्मत गर्नु पर्ने हुँदा दिउँसो १२ बजे देखि बेलुका ४ बजे सम्म विद्युत आपूर्ति सेवा बन्द हुने प्राधिकरणले जनाएको हो ।
नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले सूचना जारी गर्दै भोली जेष्ठ २१ शनिबार धादिङबेसी, सल्यानटार र जहरे सबश्टेशनबाट सप्लाईहुने विद्युत सेवा बन्द हुने जनाएको हो ।
धादिङमा प्राय शनिबार विद्युत सेवा अवरुद्ध हुँदै आएको छ ।