धादिङ त्रिपुरासुुन्दरी गाउँपालिका वडा नं ५ धिमिरेमा पहिरोले घर पुरिदा एक जना वेपत्ता भएको छ ।
गएराति अन्दाजी साढें १२ बजे पहिरोले घर पुर्दा पूर्णबहादुर खाँड वेपत्ता भएको र उद्दारकार्य जारी रहेको बताइएको छ । उद्दारमा स्थानीय र नेपाल प्रहरी लागि रहेको बताईएको छ ।
जेसीवी जान नसकेपछि स्थानीयले खनेर घर भित्रै पसेका खाँडको उद्दार कार्य जारी राखेको छ । यस्तै गएराती ने परेको अविरल वर्षाका कारण वडा नम्बर ६ कठेरी स्थित गिरीराज सिटौलाको घर पूर्ण अवस्थामा जोखीममा परेको छ ।
घर पहिरोको जोखीमा परेकापछि अहिले सिटोलाको परिवार राहत र उद्धारको पर्खाईमा रहेका छन् ।











