तस्विर: ICC
टि–ट्वान्टी विश्वकप क्रिकेटमा आज बुधबार दुई वटा खेल हुँदैछ । नेपाली समय अनुसार आज बुधबार बिहान पौने १० बजे नेदरल्याण्ड र जिम्बाबे खेल्नेछन् । अहिलेसम्म खेलेका ३ खेलमा एकमा जीत, एकमा हार र एक खेल रद्द भएका कारण अङ्क बाँडेको जिम्माबे ३ अङ्कसहित तालिकाको चौथो स्थानमा छ ।
अहिलेसम्म खेलेका तीन वटै खेल हारेको नेदरल्याण्ड भने अङ्क विहिन हुँदै पुछारमा छ । यस्तैदिउँसो पौने २ बजे भारत र बङ्गलादेशबीच प्रतिस्पर्धा हुनेछ । यस्तै समान ४ अङ्क भएपनि रनरेटका आधारमा भारत दोस्रो र बङ्गलादेश तेस्रो स्थानमा छन् । भारत र बङ्गलादेशले अहिलेसम्म खेलेका ३ खेलमा दुईमा जीत र एकमा हार व्यहोरेका छन् ।
यसअघि हिजो मंगलबार भएको खेलमा इङ्ग्ल्यान्ड र श्रीलङ्का बिजयी भएका थिए ।











